कर्णालीका हिमाली जिल्लामा वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह
१२ कात्तिक, सुर्खेत । अर्नव चक्रवात र पश्चिमी वायुको प्रभावले कर्णाली प्रदेशका हिमाली जिल्लासहित देशका विभिन्न भूभागमा वर्षा तथा हिमपातको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ। मौसम–जलवायु विज्ञान कार्यालय सुर्खेतले बिहीबार १२-१४ कात्तिकसम्म मौसममा प्रभाव पर्न सक्ने भन्दै सावधानी अपनाउन अनुरोध गरेको हो। कार्यालयका अनुसार बिहीबार कर्णाली प्रदेशका सुर्खेत, सल्यान, दैलेख र रुकुम […]
