बागचौर र सिद्धकुमाखमा घरघरमै धारा, फेरिँदै नागरिकको जीवनशैली
१२ कात्तिक, सल्यान । पानी लिन घण्टौँ हिँड्नुपर्ने, गाग्री र डोको बोकेर पँधेरोमा लाइन बस्नुपर्ने र कहिलेकाहीँ मध्यरातमै उठेर पानीको जोहो गर्नुपर्ने सल्यान बागचौर र सिद्धकुमाखका धेरै बस्तीका नागरिकको दैनिकी अहिले फेरिँदै गएको छ । वर्षौँसम्म पिउने पानीको अभाव झेलेका बस्तीमा घर–घरमा धारा पुगेसँगै यहाँका नागरिकको जीवनशैली फरिँदै गएको छ । विद्यालयमा सुरक्षित पानी र […]
