सिरहामा हवाई फायर गरेर दुई जना लागुऔषध कारोबारी पक्राउ
१२ कात्तिक, काठमाडौं । सिरहाको मार्डरमा हवाई फायर गरेर प्रहरीले दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोका अनुसार उनीहरूको साथबाट ३०० ग्राम खैरो हेरोइन र एउटा मोटरसाकइल बरामद भएको छ । बिहीबार बिहान गस्ती टोलीलाई देखेपछि भाग्न खोजेका उनीहरूलाई एक राउन्ड हवाई फायर गरी नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ ।
