इफ्तिखार र हुनेन शाह फर्किने, पीसीबीको अन्तिम जवाफ कुर्दै जनकपुर
११ कात्तिक, काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले अनुमति दिने संकेत नदेखाएपछि जनकपुर बोल्ट्सका दुई पाकिस्तानी खेलाडी इफ्तिखार अहमद र हुनेन शाह फर्किने भएका छन्। जनकपुरले पीसीबीको अन्तिम जवाफका लागि बिहीबारसम्म पर्खिने र त्यसपछि खेलाडी फर्काउने तयारी गरेको छ। जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरोज खतिवडाका अनुसार फ्रेन्चाइजले पीसीबीलाई इमेलमार्फत सम्पर्क गरे पनि […]
