नेपाली राष्ट्रवादको चरित्र भारतविरोधी हो ?
कुनै मन्त्रीले विदेशी भूमिमा आफ्नो देशको राजनीतिक परिवर्तन र विदेश नीतिबारे बोल्नु अस्वाभाविक होइन। अन्तर्राष्ट्रिय मञ्चमा देशको नयाँ दृष्टिकोण प्रस्तुत गर्नु कूटनीतिक कामकै हिस्सा हो। तर त्यस्तो अभिव्यक्तिको शब्दचयन र सन्दर्भ महत्त्वपूर्ण हुन्छ।
