चक्रवातको बेला विद्युत् सेवा अवरुद्ध हुन सक्ने, सावधानी अपनाउन प्राधिकरणको आग्रह
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कात्तिक १३ र १४ गते देशका विभिन्न क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाले कात्तिक ९ गते जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार समुद्री क्षेत्रमा विकसित भइरहेको शक्तिशाली चक्रवातको प्रभावले नेपालमा वर्षा, हिमपात, बाढी, पहिरो, चट्याङ, हुरीबतास तथा डुबानको जोखिम रहेको […]
