स्टाफ कलेजको कार्यकारी निर्देशकमा पूर्वसचिव घिमिरे नियुक्त
१० कात्तिक, काठमाडौं । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को कार्यकारी निर्देशकमा पूर्वसचिव डा. रामप्रसाद घिमिरे नियुक्त भएका छन् । केही महिनाअघि मात्रै निजामती सेवाबाट अनिवार्य अवकाश पाएका घिमिरेले स्टाफ कलेजको कार्यकारी नेतृत्वको जिम्मेवारी पाएका हुन् । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलबाट घिमिरेले नियुक्तिपत्र बुझिसकेका छन् । […]
