सुनको भाउ तोलामा आठ सयले बढ्यो, चाँदीको भने घट्यो
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । चाँदीको भाउ भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला दुई लाख ८२ हजार तीन सय रुपैयाँमा कारोबार भएको छ । […]
