एनपिएलको उद्घाटन खेलमा लुम्बिनी लायन्सको जीत, सुदूरपश्चिम रोयल्सलाई सात विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को पहिलो खेलमा साविक विजेता लुम्बिनीले विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गरेको हो । टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको लुम्बिनीले सुदूरपश्चिमलाई १७ ओभरमा ८७ रनमै अलआउट गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले […]
