नेतृत्वलाई प्रश्नभन्दा माथि राख्ने पुरानै दलदलमा फस्दै त छैन रास्वपा ?
हिजो ‘पुराना’ पार्टीहरूलाई बिगार्ने जुन अन्धभक्ति, नेतृत्वको देवत्वकरण र प्रश्नमाथिको असहिष्णुताको कुसंस्कार हाबी भएको थियो, आज रास्वपामा पनि त्यही रापताप र प्रवृत्ति दोहोरिँदै गरेको देख्दा डर लाग्छ। पात्र मात्र फेर्ने कि पुरानो राजनीतिक संस्कार पनि बदल्ने ?
