भक्ति थापाको त्यो वीरगति
७३ वर्षको उमेर, आराम गरेर बस्नुपर्ने वृद्धावस्था; तर उनी खुँडा र खुकुरीको भरमा देउथलको उकालो चढ्दै अङ्ग्रेज फौजको तोप खोस्न जाइलागे। नेपाली इतिहासमा आफूलाई अमर बनाएका सरदार भक्ति थापाले जब युद्ध मैदानमा अन्तिम सास फेरे, उनी चरम आर्थिक सङ्कटबाट भर्खरै मात्र मुक्त भएका थिए।
