हुम्लाको हिमपातमा बेपत्ता २०० पशुको झण्डै एक महिनापछि उद्धार
६ कात्तिक, हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारिको गाउँ लिमीका उच्च पाटनमा चरनका लागि लगिएका चौँरी गाईसहित दुई सय पशुको झण्डै एक महिनापछि उद्धार गरिएको छ । असोज ९ देखि ११ गतेसम्म परेको भारी हिमपातका कारण उच्च पाटनमा रहेका पशुको अवस्था अज्ञात थियो । बाक्लो हिउँ जमेका कारण खोजी तथा उद्धारमा जानसमेत कठिनाइ भएको […]
