तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित ४ झोलुङ्गे पुल पुनर्निर्माण गर्ने सम्झौता
५ कात्तिक, तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट प्रभावित चारवटा झोलुङ्गे पुल पुनर्निर्माण गरिने भएको छ । यसका लागि तनहुँ हाइड्रोपावर लिमिटेड र थानी काली जोशी संयुक्त उपक्रम (जेभी), काठमाडौंबीच ठेक्का सम्झौता भइसकेको छ । सम्झौताअनुसार चारवटै झोलुङ्गे पुलको निर्माण २०८५ साल वैशाखभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाको […]
