नर्वे बसेर मानसिक स्वास्थ्यको अनुसन्धानमा सक्रिय डाक्टर
काठमाडौं धापासीका डा. सुरजबहादुर थापाले नर्वे बसेर चिकित्सा पेसा मात्र अपनाएका छैनन्, आप्रवासन र मानसिक स्वास्थ्यलाई अनुसन्धानको प्रमुख विषय बनाएका छन्। उनले शरणार्थी, विस्थापित, युद्ध र आघातबाट प्रभावित तथा नयाँ देशमा जीवन सुरु गर्ने आप्रवासीको मानसिक स्वास्थ्यसम्बन्धी अनुसन्धान गरिरहेका छन्।
