चाडपर्वमा चोरी सिकार रोक्न चितवन निकुञ्जमा ३५ स्पाई क्यामेरा
३ कात्तिक, चितवन । चाडपर्वको समयमा हुन सक्ने वन्यजन्तुको चोरीसिकार नियन्त्रण गर्न चितवन राष्ट्रिय निकुञ्जले सूक्ष्म निगरानी बढाएको छ। निकुञ्जका संवेदनशील क्षेत्रमा ३५ वटा स्पाई क्यामेरा जडान गर्नुका साथै नियमित तथा आकस्मिक गस्तीलाई तीव्र पारिएको छ। निकुञ्जका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार चोरीसिकारको जोखिम रहेका र अनधिकृत व्यक्ति वा समूह प्रवेश गर्न सक्ने स्थान पहिचान […]
