सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने
२ कात्तिक, सप्तरी । बडादशैंको महानवमीका दिन सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने भएको छ । छिन्नमस्ता गाउँपालिका–३ सखडामा रहेको छिन्नमस्ता भगवती मन्दिर र कंकालिनी नगरपालिका–१ स्थित भारदहमा रहेकोे कंकालिनी भगवती मन्दिरमा पुष्पवृष्टि हुने भएको हो । छिन्नमस्ता भगवती मन्दिरका पिठाधीश महाकान्त ठाकुरले कात्तिक ३ गते महानवमीको दिन बिहान दर्शनार्थीहरुमाथि नेपाली सेनाको हेलिकप्टरबाट पुष्प […]
