शिक्षकको मृत्युपछि कटारीमा प्रदर्शन, मदन भण्डारी राजमार्ग अवरुद्ध
१ कात्तिक, उदयपुर । उदयपुरको कटारी नगरपालिका–५ भोर्लेमा हायस गाडीको ठक्करबाट स्थानीय शिक्षक सुमन श्रेष्ठको मृत्यु भएपछि दोषीमाथि कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयवासीले आइतबार कटारीको बुद्धचोकमा प्रदर्शन गरेका छन्। प्रदर्शनकारीले मदन भण्डारी राजमार्गअन्तर्गत कटारीको बुद्धचोकमा बिहानैदेखि सडक अवरुद्ध गरेका हुन्। सडक अवरुद्ध हुँदा काठमाडौँबाट पूर्वतर्फ जाने यात्रुहरू समस्यामा परेका छन्। स्थानीयवासीले मृतक शिक्षकको परिवारलाई […]
