छलफल गर्न भन्दै पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्युरो लगियो
३१ असोज, काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै नेपाल प्रहरीको साइबर व्युरोको कार्यालय लगिएको छ । उनलाई लिन आज बिहान ब्युरोको टोली नख्खुस्थित घरमै पुगेको थियो । साइबर व्युरोको उच्चस्रोतले अनलाइनखबरसँग भन्यो, ‘उहाँविरुद्ध ठाडो निवेदन परेकाले छलफलका लागि ल्याइएको हो ।’ समाचारको विषयलाई लिएर श्रेष्ठविरुद्ध हिजो रास्वपा केन्द्रीय सदस्य हिमेश पन्तले […]
