कांग्रेस केन्द्रीय सदस्य आदिवासी जनजाति खुलातर्फ तीर्थ लामाको अग्रता
२७ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आदिवासी जनजाति खुलातर्फको केन्द्रीय सदस्य पदमा तीर्थ लामाले अग्रता लिएका छन् । पछिल्लो मतगणना सूचीअनुसार लामाले १ हजार ५६५ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका डा. प्रेमध्वज लामाले ९२३ मत पाएका छन् भने ई. अनुप श्रेष्ठ ८९७ मतसहित तेस्रो स्थानमा छन्। त्यस्तै, कर्मा छिरिङ शेर्पाले ८७८ […]
