कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
२७ असोज, काठमाडौं । आज कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। देशका बाँकी हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षा र हिमपात हुन सक्ने मौसम पूर्वानुमान छ। मौसम पूर्वानुमानअनुसार मंगलबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी हिमाली तथा पहाडी भूभागमा […]
