सुदूरपश्चिमको बजेटमा असन्तुष्टि जनाउँदै नेकपा नेताले त्यागे पार्टी
२६ असोज, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको बजेटप्रति असन्तुष्टि जनाउँदै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश कमिटी सदस्य गोविन्द बोहराले पार्टी परित्यागको घोषणा गरेका छन् । डडेल्धुराको परशुराम नगरपालिका–८ का पूर्ववडाध्यक्षसमेत रहेका बोहराले मुख्यमन्त्री खगराज भट्टमाथि ‘कमिसनको प्रवृत्तिलाई प्रश्रय दिएको’ आरोप लगाउँदै सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रदेश कमिटी सदस्यता त्यागेको घोषणा गरेका हुन् । […]
