दसैंमा चंगा : उमंगको प्रतीक, पानी पुग्यो भन्ने सन्देश
यसपालि मनसुन चक्र लम्बियो । त्यसैले दसैं सुरु हुँदा पनि ‘हट्यो सारा हिलोमैलो, हरायो पानीको वर्षा’ भनेजस्तो भएन । आकाश धुम्मिइरह्यो । दर्के झरी परिरह्यो । सायद यही कारण पो हो कि, यसपालि आकाशिएका रंगबिरंगी चंगा खासै देख्न पाइएको छैन । यदि त्यसो नहुँदो हो त शरद ऋतुको यो मादक मौसममा आकाशभरी चंगाहरू उडिरहेका हुन्थे […]
