रुस र युक्रेनबिच ‘इन्धन युद्धविराम’ भएको ट्रम्पको दाबी: जेलेन्स्की भने अनभिज्ञ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेन एकापसका इन्धन तथा ऊर्जा संरचनाहरूमा आक्रमण नगर्न 'इन्धन युद्धविराम' मा सहमत भएको दाबी गरेका छन्। यद्यपि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने यसबारे आफूलाई पूर्वजानकारी नरहेको तर रुस सहमत भए युक्रेन पनि सो युद्धविराम मान्न तयार रहेको बताएका छन्।
