नगरकोटमा ४ दिने ‘चङ्गा चेट’ उत्सव मनाइँदै
काठमाडौं । दसैँको अवसरमा नगरकोटमा ४ दिने ‘चङ्गा चेट प्रि-दसैँ उत्सव’ आयोजना हुने भएको छ । असोज २८ देखि ३१ गतेसम्म चल्ने उत्सवमा चङ्गा उडाउने गतिविधिसँगै लाइभ म्युजिक, नृत्य, फुड स्टल, फेस पेन्टिङ, पोटरी, जादु तथा स्ट्यान्डअप कमेडीलगायत मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिनेछन् । नगरकोटको दुई दशकभन्दा लामो चङ्गा उडाउने परम्परा केही वर्षदेखि रोकिएको थियो । […]
