रोहितको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्य
२५ असोज, काठमाडौं । रोहित पौडेलको शतक मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत भइरहेको ओडीआई शृङ्खलाको आफ्नो पहिलो खेलमा क्यानडालाई २३६ रनको लक्ष्य दिएको छ । ओमान क्रिकेट एकेडेमी टर्फ १ मा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको हो । रोहितले सर्वाधिक १०१ रन […]
