बूढीगण्डकी बाढी प्रभावितको सहयोगमा जुट्न प्रचण्डको आग्रह
२५ असोज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले बूढीगण्डकी बाढी प्रभावितको उद्धार, राहत र सुरक्षामा जुट्न आग्रह गरेका छन् । गोरखा जिल्लामा पर्ने बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले व्यापक भौतिक क्षति पुर्याएको छ । कालो लेदोसहित आएको बाढीले पक्की पुल, झोलुङ्गे पुल, घर तथा बजार क्षेत्रमा क्षति पुर्याएको छ । […]
