बूढीगण्डकीको बाढी आरुघाट पुग्यो, बजार खाली गराइयो
गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा आएको बूढीगण्डकी नदीको बाढी आरुघाट बजारसम्म पुगेको छ। बाढीको जोखिम बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउँदै आरुघाट बजार खाली गराएको छ। प्रहरीले सम्भावित जोखिमबाट बच्न स्थानीय बासिन्दालाई सचेत गराउन माइकिङ गरिरहेको छ। नदीको बहाव बढ्दै गएकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ। यसअघि बाढीले चुमनुब्री गाउँपालिकाका विभिन्न […]
