गोरखाको बाढी प्रभावित क्षेत्रमा काठमाडौंबाट सेनाको हवाई टोली परिचालित
२५ असोज, काठमाडौं । बूढीगण्डकी नदीमा आकस्मिक बाढीले पुर्याएको क्षतिको अवस्था बुझ्न काठमाडौंबाट समेत नेपाली सेनाको टोली परिचालित भएको छ । सेनाको हवाई र पैदल टोली प्रभावित क्षेत्रमा परिचालित भएको हो । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले काठमाडौंबाट हेलिकप्टरसहित क्विक रेकी टोली परिचालित भएको र स्थानीय टोली पनि उद्धार सामग्रीसहित खटिएको जानकारी दिए । सेनाको […]
