पूर्वराजा शाहले यस वर्षको बडादसैँमा सर्वसाधारणलाई टीका नलगाइदिने
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको बडादसैँमा सर्वसाधारणलाई टीका तथा जमरा नलगाइदिने भएका छन् । सम्वाद सचिवालयले आइतबार जारी गरेको सूचनाअनुसार, गत भदौमा हिमपहिरोबाट आएको भीषण बाढी तथा असोजमा परेको अविरल वर्षाका कारण हजारौँ मानिस विस्थापित भएको र सयौँको दुःखद निधन हुनुका साथै ठूलो जनधनको क्षति भएकाले यस वर्ष दसैँको टीका कार्यक्रम नराख्ने निर्णय […]
