पहिलो दसैं टेबलटेनिस प्रतियोगिता सम्पन्न
२४ असोज, काठमाडौं । यल स्पोर्ट्स एकेडेमीको आयोजनामा पहिलो संस्करणको दसैं टेबलटेनिस प्रतियोगिता शनिबार सम्पन्न भएको छ । ललितपुरको ग्वार्कोस्थित एकेडेमीको नवनिर्मित प्रशिक्षण हलमा भएको प्रतियोगितामा पुरुषतर्फ ३० वर्षमाथि, ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथिका चार विधामा प्रतिस्पर्धा भएको थियो । ३० वर्षमाथिको विधामा एपीएफका बिलाश श्रेष्ठले स्वर्ण पदक जिते। उनले फाइनलमा एपीएफकै राजीव […]
