कांग्रेस महाधिवेशन : सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु
२४ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सुरु भएको छ । ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा उपसभापति र महामन्त्रीको मतगणना एक साथ सुरु भएको हो । मतगणना तीन ठाउँमा सुरु भएको र हरेक मतगणना स्थलमा हरेक उम्मेदवारलाई एक–एक जना प्रतिनिधि राख्न दिने सहमति भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । […]
