कांग्रेस महाधिवेशन : ७ हजार ३९ जनाले गरे मतदान
२३ असोज, काठमाडौं नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको मतदान शुक्रबार राति १० बजे सकिएको छ । ७ हजार ३ सय १७ जना महाधिवेशन प्रतिनिधि रहेकोमा ७ हजार ३९ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । दोस्रो पटक थप भएको समयभन्दा तीन घण्टा ढिलो मात्रै मतदान सकिएको थियो । […]
