आइतबारदेखि उपत्यकामा जुनसुकै ब्रान्डको सिलिन्डर साटेर ग्यास लिन पाइने
काठमाडौं । चाडपर्वका बेला खाना पकाउने एलपी ग्यासको सिलिन्डर साटफेरमा देखिएको समस्या समाधान गर्न काठमाडौं उपत्यकामा आइतबारदेखि जुनसुकै ब्रान्डका खाली सिलिन्डर साटेर ग्यास लिन पाइने भएको छ । नेपाल एलपी ग्यास उद्योग सङ्घले असोज २५ गतेदेखि ३१ गतेसम्म उपत्यकाका छ स्थानबाट यस्तो सुविधा उपलब्ध गराउन लागेको हो । नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता […]
