राष्ट्रिय स्वार्थ, वैदेशिक सहयोग र राष्ट्रिय समृद्धिका कुरा
ठूला लगानी र सहयोगमा दातृ राष्ट्रका स्वार्थ जोडिएका हुँदैनन् भन्न सकिँदैन। तर, अतिराष्ट्रवादको नारा दिएर विकास र समृद्धिमा पछि पर्नुभन्दा बुद्धिमत्तापूर्वक वैदेशिक सहयोग र लगानी भित्र्याएर देशलाई समृद्धिको बाटोमा अगाडि बढाउनुको विकल्प छैन।
