अग्रिम टिकट बुकिङ नखुल्दै धेरैजसोले छोडे काठमाडौं, दैनिक ४५ हजार बढी बाहिरिँदै
काठमाडौं । दसैं आउन अझै केही दिन बाँकी छ । यसपाली घटस्थापना असोज २५ गते मात्रै परेको छ भने दसैंका लागि अग्रिम टिकट बुकिङ पनि सरकारले असोज २३ गतेदेखि मात्रै खुलाएको छ । तर, काठमाडौंका बसपार्कमा देखिएको यात्रुको भीड र ट्राफिक प्रहरीको तथ्यांकले दसैंको मुख्य चहलपहल सुरु हुनुअघि नै ठूलो संख्यामा यात्रुहरूले राजधानी छाडिसकेको देखाउँछ […]
