ऊर्जा दक्षताका लागि स्वशासित केन्द्र र कोष बनाउने प्रस्ताव
२३ असोज, काठमाडौं । सरकारले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षताका लागि स्वशासित केन्द्र र दिगो ऊर्जा कोष बनाउने व्यवस्था प्रस्ताव गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री मन्त्री विराजभक्त श्रेष्ठले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभामा दर्ता गरेका छन् । यो विधेयकको दफा १० मा छुट्टै स्वशासित केन्द्र बनाउने विषय छ । […]
