८०० मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी लिलामीको आवेदन म्याद १५ दिन थप
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ८०० मेगाहर्ज ब्यान्डमा बाँकी रहेको रेडियो फ्रिक्वेन्सी लिलामीका लागि आवेदन पेस गर्ने समयसीमा १५ दिन थप गरेको छ । प्राधिकरणले शुक्रबार, पुनः सूचना जारी गर्दै पूर्वयोग्यता बोलपत्र पेस गर्ने अन्तिम म्याद १५ दिन थप गरिएको जनाएको हो । यसअघि प्राधिकरणले भदौ ९ गते पहिलोपटक यससम्बन्धी सूचना प्रकाशित गरेको थियो । […]
