आँखालाई माया गरौँ, आँखाले संसार चिनाउँछ
‘आँखालाई माया गरौँ’ । यस वर्षको विश्व दृष्टि दिवसको मुख्य सन्देश यही हो । आँखाले हामीलाई संसार देखाउँछ, आफ्ना मानिस चिन्न मद्दत गर्छ र हाम्रो दैनिक जीवनलाई सहज बनाउँछ । त्यसैले आँखाको स्वास्थ्यप्रति सचेत हुनु भनेको केवल दृष्टि जोगाउनु मात्र होइन, जीवनको गुणस्तर जोगाउनु पनि हो । आँखाले संसारलाई हामीसँग र हामीलाई संसारसँग जोड्छ । […]
