एन्फा कोषाध्यक्ष र लेखापाललाई छोड्न सर्वाेच्च अदालतद्वारा अस्वीकार
१५ असोज, काठमाडौं । सर्वाेच्च अदालतले अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई रिहा गर्न अस्वीकार गरेको छ । सर्वाेच्चका न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले रवीन्द्र र सञ्जिवलाई रिहा गर्न अस्वीकार गरेको हो । गैरकानुनी रुपमा आफ्ना श्रीमान्लाई थुनामा राखेको भन्दै रवीन्द्र पत्नी शोभा जोशी र […]
