सलिको र हिमालयन बुलियनबीच सम्झौता, ग्राहकलाई १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी र हिमालयन बुलियन कम्पनीबीच ग्राहक तथा सदस्यलाई दुर्घटना बीमा सुविधा उपलब्ध गराउने सम्झौता भएको छ। सम्झौताअनुसार हिमालयन बुलियनको सदस्यता योजनामा आबद्ध ग्राहकले सदस्यताको स्तरअनुसार बीमा सुविधा पाउनेछन्। चाँदी सदस्यता भएका ग्राहकले १ लाख रुपैयाँसम्म, सुन सदस्यताले ५ लाख रुपैयाँसम्म र हिरा सदस्यताले १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा पाउनेछन्। […]
