प्रसारण ग्रिडको नयाँ शुल्क तोकियो, प्रतिमेगावाट ४१ हजार २७५ रुपैयाँ कायम
काठमाडौं। विद्युत् नियमन आयोगले आर्थिक वर्ष २०८३/८४ का लागि राष्ट्रिय विद्युत् प्रसारण ग्रिडको प्रसारण शुल्क निर्धारण गरेको छ। आयोगले दीर्घकालीन तथा मध्यमकालीन खुला पहुँचअन्तर्गत प्रसारण शुल्क प्रतिमेगावाट प्रतिमहिना ४१ हजार २ सय ७५ रुपैयाँ र अल्पकालीन खुला पहुँचअन्तर्गत प्रतियुनिट ५७ पैसा तोकेको छ। आयोगका अनुसार शुल्क निर्धारण गर्दा प्रसारण प्रणालीको पूँजीगत सम्पत्ति, ह्रासकट्टी, ऋणको ब्याज, […]
