अब एनटीटीभी सेट टप बक्सबिनै स्मार्ट टीभीमा चलाउन सकिने, भर्चुअल सेट टप बक्स सार्वजनिक
काठमाडौं । नेपाल टेलिकमले एनटी फाइबरमार्फत उपलब्ध गराउँदै आएको एनटीटीभी सेवा अब सेट–टप बक्सबिनै स्मार्ट टीभीमा प्रयोग गर्न सकिने सुविधा ल्याएको छ। कम्पनीले असोज १५ गतेदेखि एन्ड्रोइडमा आधारित स्मार्ट टीभीका लागि भर्चुअल सेट–टप बक्स उपलब्ध गराएको हो। ग्राहकले गुगल प्ले स्टोरमा ‘स्मार्ट एनटीटीभी’ खोजेर अनुप्रयोग स्थापना गरी सेवा प्रयोग गर्न सक्नेछन्। कम्पनीका अनुसार निकट भविष्यमा […]
