एआई सुरक्षाबारे एन्थ्रोपिक र ओपनएआईमाथि अनुसन्धान, नयाँ मोडल सार्वजनिक स्थगित
काठमाडौं । अमेरिकी सङ्घीय व्यापार आयोग (एफटीसी) ले कृत्रिम बौद्धिकता (एआई) का सुरक्षा अभ्यासबारे एन्थ्रोपिक र ओपनएआईमाथि व्यापक अनुसन्धान सुरु गरेको छ । ‘द वासिङ्टन पोस्ट’ ले बुधबार एफटीसीका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै अनुसन्धानबारे जानकारी दिएको हो । अमेरिकामा उपभोक्तालाई असर पार्ने अनुचित तथा भ्रामक अभ्यासको अनुसन्धान गर्ने एफटीसीलाई व्यापक अधिकार रहेको छ । […]
