आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयकको मस्यौदा विधायन समितिबाट पारित
१५ असोज, काठमाडौं । राष्टिय सभा अर्न्तगतको विधायन व्यवस्थापन समितिले आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३ को मस्यौदा प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ । समितिको बिहीबार बसेको बैठकले विधेयकको प्रतिवेदन पारित गरेको समिति सभापति सभापति कृष्णबहादुर रोकायले जानकारी दिए । बैठकमा सभापति रोकायले विधेयक छोटो समयमा टुंग्याउनुपरेपनि पर्याप्त छलफल, सुझाव र संशोधन समेटिएको दाबी गरे […]
