बागलुङ बाढीपहिरो : बेपत्ता महिलाको शव फेला, मृतक संख्या १३ पुग्यो
१५ असोज, बागलुङ । ९-११ असोजसम्मको अविरल वर्षापछि आएको पहिरोमा परी बागलुङमा मृत्यु हुनेको संख्या १३ पुगेको छ । ११ असोजमा आएको पहिरोमा बेपत्ता भएका तमानखोला गाउँपालिका–४ का सन्तर निवासी ५३ वर्षीया पुनसरा विकको शव बुधबार फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए । पहिरोले घर पुरिँदा निसीखोला गाउँपालिकामा पाँच, तमानखोला […]
