कांग्रेस देउवा समूहको वडा अधिवेशन आजदेखि
१५ असोज, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आज हुने भएको छ । कांग्रेसको संस्थापन पक्षले १८ असोजदेखि हुने १५औं महाधिवेशनको तयारी गरिरहेकैबेला देउवा समूहले पनि समानान्तर अधिवेशन थालेको र यसका लागि आज वडा अधिवेशन गर्ने भएको हो । देउवा समूहले पनि १५औं महाधिवेशन आगामी २१-२३ मंसिरका लागि तोकेको […]
