विद्युत विस्तारमा घाेटाला, अख्तियारद्वारा मुगुका आठ जनामाथि मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित आठ जनाले गैरकानुनी लाभ वा हानि गरेको भन्दै आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । आयोगले अदानचुली गाउँपालिकाको कुकुर फाल्ना छहराखेतदेखि मुगु, सोरू गाउँपालिका–३ भिईसम्म बत्ती निर्माणका लागि विनियोजित रकमको काम नगरी रु नौ लाख […]
