सलिकोका सिईओ क्षत्री विकासशील देशका बीमा संस्थाको उपाध्यक्षमा निर्वाचित
काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)का प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री विकासशील मुलुकका बीमा तथा पुनर्बीमा कम्पनीहरूको अन्तरराष्ट्रिय संस्था एआइआरडीसीको उपाध्यक्षमा निर्वाचित भएका छन्। जिम्बाब्वेको हरारेस्थित रेनबो टावर्स होटलमा गत सेप्टेम्बर २८ मा सम्पन्न संस्थाको साधारण सदस्य बैठकले क्षेत्रीलाई उपाध्यक्षमा निर्वाचित गरेको हो। उपाध्यक्षसँगै उनी संस्थाको कार्यकारी सञ्चालक मण्डलका सदस्यसमेत रहनेछन्। विकासशील मुलुकका […]
