नयाँ धितोपत्र विधेयक ल्याउन अर्थ समितिको निर्देशन
१४ असोज, काठमाडौं । संसद्को अर्थ समितिले नेपालको पुँजी बजारलाई आधुनिक, प्रविधिमैत्री, व्यवस्थित, पारदर्शी, विश्वसनीय तथा लगानीमैत्री बनाउन तत्काल नयाँ धितोपत्रसम्बन्धी विधेयक ल्याउन सरकार र नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले धितोपत्र निष्कासन, सूचीकरण, बजार सञ्चालन तथा नियमनदेखि लगानीकर्ताको हित संरक्षणसम्मका विषयलाई समेटेर नयाँ विधेयक तर्जुमा गरी संघीय संसदमा तत्काल […]
