राष्ट्रपति पौडेलसँग भारतीय राजदूतको बिदाइ भेट
१३ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय राजदूत नवीन श्रीवास्तवले बिदाइ भेट गरेका छन्। श्रीवास्तवले राष्ट्रपति भवन शितलनिवास पुगेर पौडेलसँग भेट गरेका हुन्। उक्त अवसरमा नेपाल र भारतबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीले बताए। त्यस्तै राष्ट्रपति पौडेलले कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा भारतीय राजदूतलाई बधाई […]
